Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

‘जैविक विविधताको संरक्षण र पर्यावरण सन्तुलन कायम गर्न दुई देशबीच सहकार्य आवश्यक’

‘जैविक विविधताको संरक्षण र पर्यावरण सन्तुलन कायम गर्न दुई देशबीच सहकार्य आवश्यक’
विज्ञापन
Advertisement

खलङ्गा (दार्चुला) । सुदूरपश्चिम प्रदेशस्थित पहाडी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रको जैविक विविधता संरक्षणसहित वनस्पति तथा वन्यजन्तुको अवैध चोरी निकासी नियन्त्रणका लागि सम्बद्ध क्षेत्रका अधिकारीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा संरक्षण कार्यक्रमको सहयोगमा सम्पन्न दुई पक्षीय बैठकमा वन तथा वन्यजन्तु संरक्षण र सम्बद्र्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।

बैठकमा पशुपक्षी तथा वन्यजन्तुको संरक्षण, सीमा क्षेत्रमा हुने काठ तथा जडिबुटी तस्करी न्यूनीकरण एवम् नियन्त्रणका लागि नवीन सूचना प्रणालीको सदुपयोग गर्दै दुई देशबीच समन्वयात्मक ढङ्गबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो । यसैगरी जैविक विविधता संरक्षणका क्षेत्रमा दुई देशबीच सूचना आदानप्रदान गर्ने, चोरी निकासी , वनस्पति तथा वन्यजन्तुको अवैध ओसारपसारमा संलग्न पक्षको पहिचान र नियन्त्रणका लागि स्थानीयस्तरमै संयन्त्र निर्माण गर्ने, अग्रपङ्तिमा खटिने वनसम्बद्ध जनशक्तिलाका लागि आवश्यक तालिमको व्यवस्था गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

सो अवसरमा भारतको उत्तराखण्ड प्रदेशअन्तर्गत पिथौरागढ डिभिजन वन कार्यालयका प्रमुख आशुतोष सिहंले वन्यजन्तु संरक्षण, व्यवस्थापन तथा सीमावर्ती समस्यामा आधारित कार्यपत्र प्रस्तुत गर्दै दुई देशबीचको सहकार्यले मात्र जैविकविविधताको संरक्षण र पर्यावरण सन्तुलन हुने यथार्थलाई दृष्टिगत गरी आवश्यक संयन्त्रसहित सहयोग र सहकार्यमा जोड दिए ।

अपि नम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनयकुमार झाले अवैध चोरीनिकासी, वनस्पति तथा वन्यजन्तुको अत्यधिक दोहन, चरिचरनको अवस्था, दाउराघाँस उपयोग र जलवायु परिवर्तनका कारण जैविक विविधतामा प्रत्यक्ष असर पर्नसक्ने भएकाले सहयोग र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

बैठकमा डिभिजन वन कार्यालय डडेल्धुरा, बैतडी, दार्चुला तथा अपि नम्पा संरक्षण क्षेत्रअन्तर्गत टिङ्कर, ब्यास, छाङ्गरुङ, गुञ्जी खोला, दुम्लिङलगायत क्षेत्रको जैविक विविधताको अवस्था, वन तथा वनस्पतिको संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिका बारेमा छलफल भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit