Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

सुन एकैदिन ११ हजार सात सय रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुन एकैदिन ११ हजार सात सय रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, तोलाको कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आइतबार सुन– चाँदीको भाउमा उच्च गिरावट देखिएको छ। दशैं विदापछिको पहिलो कारोबार दिन आज सुनको मोल प्रतितोला ११ हजार सात सय रुपैयाँले घटर खरिदबिक्री भैरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। त्यसअघि कात्तिक २ गते (सोमबार) तोलामा पाँच सय रूपैयाँ बढेर सुन दुई लाख ९० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार (असोज ३०) गते सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार एक सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको तीन हजार नौ सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला दुई सय ३० रूपैयाँ कम हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit