Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनको गृहकार्य सुरु, खरिद प्रकृया अघि बढाउन पौडेलको निर्देशन

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनको गृहकार्य सुरु, खरिद प्रकृया अघि बढाउन पौडेलको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ ।अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर बजेट कार्यान्वयन गर्ने गृहकार्य शुरु गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार मन्त्रालयमा भएको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन् । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा निर्माण क्षेत्रको कार्य छिटो गर्न सहज हुने अर्थमन्त्री पौडेलको भनाइ छ ।

यसैगरी छलफलमा सहभागी मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रकृया अघि बढाउन थप ऐन कानून जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रकृया अघि बढाउनुपर्ने बताए । बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्बन्धमा रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए । उनले स्रोत सहमति भएका र कागजात पुरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको समेत काम गर्ने बताउँदै प्रकृया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवहरुलाई अनुरोध गरे ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल स्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सचिवहरु उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit