Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
विज्ञापन
Advertisement

गुल्मी । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन्

विज्ञापन
Advertisement
Advertisement

बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छ् ।

अर्यालले चार रोपनी जग्गामा ३०० पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दैआउनुभएको छ । उहाँको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार २०० ड्रागन फ्रुटका बोट रहेका छन् ।

तिनै बोटबाट अर्यालले गत वर्ष २० क्वीन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताउनुभयो । यसपटक ३० क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उहाँले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थाल्नुभएको छ ।

अर्यालले बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा उत्पादन गर्नुभएको छ । उत्पादित बिरुवा रु ५० देखि रु २५० सम्ममा बिक्री गर्ने गरेको उनले बताए । उत्पादित फलले बजार पाए पनि बिरुवाले भने बजार पाउन नसकेको अर्यालले बताए ।

उनले उत्पादन गर्नभएको ड्रागन फ्रुट बजारमा प्रतिकिलो रु ५०० मा बिक्री हुने गर्दछ । गत वर्ष उहाँले ड्रागन फ्रुट बिक्री गरी रु दश लाख आम्दानी गरेको बताए ।

बडिगाड–५ ग्वालीचौरस्थित भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेर १५ वर्षअघि शिक्षण पेशाबाट अवकाश पाउनुभएका अर्याल यतिबेला ड्रागन फ्रुट खेतीमा रमाएका छन् ।

उमेरले ७७ वसन्त टेक्नुभएका अर्यालका छोरा रोजगारीको क्रममा अमेरिका र अष्टे«लियामा छन् । बुढेसकालमा छोरासँग देश विदेश घुमेर रमाउने समयमा उनी गाउँँमै बसेर कृषि कर्ममा रमाउनुभएको छ । अर्यालको यस्तो सक्रियताले गाउँँका धेरै व्यक्तिलाई उर्जा र प्रेरणा मिलेको छ ।

‘सुरुमा मैले यो पेशा अगाँल्दा गाउँँलेलाई पत्यारै लागेन, धेरै जनाले यी पोल गाडेर यो बुढाले बुढेसकालमा के उपद्रो गर्न लाग्यो होला भनेर नाक चिम्राउँथे, कतिले यो नहुने काम गर्यो भनेर भने । तर गरे त हुँदोरहेछ नि’, अर्यालले भने । तिनै नाक चिम्राउने र विश्वास नगर्नेहरु अर्यालले बगैँचा भरी ड्रागन फ्रुट उत्पादन गरेको देखेपछि अचम्मित बनेका छन् ।

स्थानीय सरकारले पनि व्यावसायिक कृषकलाई अनुदान उपलब्ध गराउने नीति बनाएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए।

बुढ्यौलीले ओरालो लाग्दै गर्दा र कपाल फुल्दै गर्दा पनि अर्यालको यो हिम्मत र जाँगर अझै पनि कुनै तन्नेरीको भन्दा कम छैन । अर्यालले हालसम्म कुनै पनि स्थानीय तहबाट अनुदान नपाएको बताए । ‘यसमा २० लाख मेरो लगानी भइसकेको छ, यसले २०/२५ वर्ष आम्दानी दिन्छ’, अर्यालले भने ।

अर्यालले बाँझिएको खेतबारीलाई आफ्नै एकल पौरख र मेहनतले सिञ्चित गर्दै आएको। पछिल्लो समयमा धेरै व्यक्ति गाउँँ छाडेर परिवारसँगै सहर पसे पनि अर्याल दम्पति भने खुसीका साथ गाउँँमा कृषि कर्ममा रमाइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit