Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

ऋण दिलाउन १९ लाख रुपैयाँ घुस लिएका राष्ट्र बैंकका पूर्व अध्यक्ष अधिकारीसहित ५ जनामाथि अख्तियारको मुद्दा

ऋण दिलाउन १९ लाख रुपैयाँ घुस लिएका राष्ट्र बैंकका पूर्व अध्यक्ष अधिकारीसहित ५ जनामाथि अख्तियारको मुद्दा
विज्ञापन
Advertisement

काठमाडौं । ऋण उपलब्ध गराइदिने भन्दै घुस लिएकोअभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको भन्दै सोमबार मुद्दा दायर गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाँबराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रुपैयाँ रकम लिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अङ्कित भुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जाल ह्वाट्यापमार्फत कुराकानी गरेको पाइएको छ । ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेतसँगको मिलेमतोमा २०८१ भदौ फरकफरक व्यक्तिमार्फत ३ गते सात लाख र १२ लाख रुपैयाँबराबर रकम चेकमार्फत लिएको पाइएको छ

‘भारतीय नागरीक लक्की खान भन्ने खुस नसिब अन्सारीकोमा काम गर्ने राकेश थापालाई चेक सटही गर्न लगाई सात लाख रुपैयाँ र शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्या इन्टरप्राइजेज सिटिजन बैङ्कको खातामा अमृत भुसालको एभरेष्ट बैङ्क मार्फत बाह्र लाख गरी कूल उन्नाईस लाख रकम खुस नसिब अन्सारीमार्फत चन्द्र बहादुर अधिकारीले प्राप्त गरी भुसाल हस्पिटालिटीलाई नेपाल बैङ्क लिमिटेडबाट ऋण लिन सहजीकरण गर्न गराउन जम्मा गरिएको देखिएको छ’ आयोगका प्रवक्ता पौडेलले भनेका छन् ।

आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए। तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेकाले आयोगले अधिकारीविरुद्ध ५० लाख बराबरको बिगो समेत माग दाबी गरेको छ ।

यसैगरी, नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध पनि समान ५० लाख रुपैयाँबराबरको बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौं महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै पाँच लाख रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले अधिकारीसँगै रमेश आचार्यविरुद्ध पाँच लाख बराबरको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको ३२ वर्ष (२०४६ वैशाख १९ गतेदेखि २०७८ फाुगन ३०) गतेसम्मको अवधिको परीक्षण गरेको थियो ।

सो अवधिमा कोइरीको वैध आय तीन करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ रहेको थियो ।

कोइरीले सात करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँबराबरको रकम खर्च तथा लगानी गरेको अख्तियारले प्रस्ट पारेको छ । आयोगले गरेको परीक्षणबाट कोइरीले आम्दानी गरेको चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँबराबर रकमको स्रोत पुष्टि भएको छैन ।

इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती मालाकुमारी महतोका नाममा जग्गा र शेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती मालाकुमारीविरुद्ध पनि बिगोबमोजिमको काराबाहीको माग गर्दै मुद्दा दायर हालेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit