Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती, एम्पायरले दिए उल्टै १० रन बोनस

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती, एम्पायरले दिए उल्टै १० रन बोनस
विज्ञापन
Advertisement

काठमाडौं ।आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रनको योगफल बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाएका हुन् । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५र३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११र११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।

नेदरल्यान्डस्का लागि पउल भान मिकेरनले चार विकेट लिदाँ माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए । नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit