काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ९.०८ अंकले घटेर २ हजार ६५५.३८ विन्दुमा आइपुगेको छ । अघिल्लो दुईदिन सोमबार र मंगलार बढेको बजार बुधबार र आज पुन घटेको हो । लगानीकर्ताहरु बजारप्रति स्थिर देखिएका छन् । मौद्रिक नीतिपछि लगानी गर्ने मनसायमा लगानीकर्ता देखिन्छन् । अर्कोतर्फ अब असार लाग्न थालेसँगै लगानीकर्ताहरुलाई करको दबाब पनि बढेको छ । त्यसले पनि यतिबेला लगानीकर्ता प्रति खुलेर लागिरहेका छैनन् ।
९९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको शेयर मूल्य घटेका छन् । घटेको बजारमा पियोर इनर्जी, चन्द्रागिरीहिल्स, रसुवागढी हाइडोपावर कम्पनी, तेह्रथुम पावर कम्पनी र नेपाल फाइनान्स कम्पनीके शेयर मूल्य ४.९७ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मले बढेको छ ।
धितोपत्र र ऋणपत्रगरी ३११ कम्पनीको २ करोड ८६ लाख कित्ता शेयर किनबेचहुँदा १२ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुपपावर, सानिमा माई हाइड्रो पावरको शेयर मूल्य ५४ करोड रुपैयाँदेखि १ अर्ब ८ करोड रुपैयाँसम्मको कारोबार भएको छ । गुराँश लघुवित्त वित्तीय संस्था, रिभरफल्स पावर, नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य ५.५८ प्रतिशतले घटेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्