Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

४२ दिनका लागि ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

४२ दिनका लागि ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारको तलरता कम गर्न बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको सूचनामार्फत जानकारी दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन गरेको ४२ दिनपछि साउन ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बजारको अधिक तरलता व्यवस्थापन गर्न करिब दुई वर्षयता राष्ट्र बैंकले सातामा दुई पटक बजारबाट निक्षेप तान्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit