Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया बैंकको नयाँ नेतृत्वमा अशोक कुमार अग्रवाल

एनआईसी एशिया बैंकको नयाँ नेतृत्वमा अशोक कुमार अग्रवाल
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्। बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका अग्रवाललाई सञ्चालक समितिले आगामी चार वर्षका लागि अध्यक्षको जिम्मेवारी दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

नवनियुक्त अध्यक्ष अग्रवालले नियुक्तिपछि नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बैंकका अनुसार अग्रवालसँग बैंक तथा वित्तीय क्षेत्र, बीमा व्यवसाय र कर्पोरेट व्यवस्थापनमा लामो अनुभव छ। विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले आर्थिक तथा व्यावसायिक क्षेत्रको विकासमा योगदान पुर्‍याएका छन्।

उच्च नेतृत्व क्षमता, दूरदृष्टि र दीर्घकालीन रणनीतिक सोचका लागि परिचित अग्रवालको नेतृत्वमा बैंकले थप व्यावसायिक सफलता हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ। साथै, उनको कार्यकालमा एनआईसी एशिया बैंकले सेवा विस्तार, संस्थागत सुदृढीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा नयाँ उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit