Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

विस्थापित प्यालेस्टिनीहरु बसेको शिविरमा इजरायली मिसाइल प्रहार, २५ जनाको मृत्यु

विस्थापित प्यालेस्टिनीहरु बसेको शिविरमा इजरायली मिसाइल प्रहार, २५ जनाको मृत्यु
विज्ञापन
Advertisement

काठमाडौं । इजरायलले बिहिबार विस्थापित प्यालेस्टिनीहरू बस्दै आएको शिविर लक्षित गरी गरेको आक्रमणमा परी २५जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका शिविरहरुलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको पुष्टि गरे । उनले खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरुमा इजरायली मिसाइल प्रहार हुदाँ अधिकांश महिला र बालबालिका सहित कम्तीमा

१६ जनाको मृत्यु भएको बताए । यस्तै, २३ जना घाइते भएको प्रवक्ता बासलले जानकारी दिएका छन् ।

उनका अनुसार विस्थापित मानिसहरूको अन्य शिविरहरूमा भएको आक्रमणमा परी आठ जनाको ज्यान गएको र अन्य मानिसहरु घाइते भएका छन् ।

उत्तरी सहर बेत लाहिया स्थित शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको तथा अल–मवासी क्षेत्र नजिकै भएको आक्रमणमा उक्त शिविरमा बस्दै आएका बुबा र बच्चाको मृत्यु भएको बासलले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit