काठमाडौं । एन.आई.सी. एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत असार १ र २ गते लुम्बिनी तथा गण्डकी प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूमा गुनासो सुनुवाई तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, प्रदेश प्रमुख, अनुगमन अधिकृत तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका दौरान सदस्यहरूलाई संस्थाले प्रदान गर्दै आएको सेवा सुविधाको विस्तृत जानकारी दिइएको थियो भने उनीहरूले व्यक्त गरेका गुनासोलाई संस्थाले सुनेर सम्बोधन पनि गरेको थियो। कार्यक्रमलाई संस्थाले सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसरको रूपमा उपयोग गरेको थियो।
गुनासो सुनुवाई कार्यक्रममा गोर्कटा शाखाबाट ६२ जना, बोडगाउँ शाखाबाट ७८ जना र सर्दी शाखाबाट ५५ जना गरी कुल १९५ जना सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
संस्थाले यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै सदस्यहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्