पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले ‘सिइओ क्लब सदस्य’ सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखराको एक होटलमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा क्रमशः प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीका सिईओ खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट दिएर सम्मान गरेका थिए ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको हो । अन्य प्रदेशहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने कम्पनी प्रमुख खत्रीले बताए । यस्तै उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनोट भएको उल्लेख गर्दै कम्पनीको योजना अत्यन्तै सफल भएको धारणा राखे ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम समेत प्रदान गरिएको कम्पनीको भनाइ छ। कार्यक्रममा उपस्थित अभिकर्ताहरुले अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लैजान आफूहरलाई उर्जा मिलेको उल्लेख गरे ।

















प्रतिक्रिया दिनुहोस्