Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘कुलिङ पिरियड’ हटाउन २५ सचिवद्वारा प्रधानमन्त्रीलाई राजीनामाको धम्की, पछि नहट्न सांसद पाण्डेको आग्रह

‘कुलिङ पिरियड’ हटाउन २५ सचिवद्वारा प्रधानमन्त्रीलाई राजीनामाको धम्की, पछि नहट्न सांसद पाण्डेको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कुलिङ पिरियडबारे प्रधानमन्त्रीलाई पछि नहट्न आग्रह गरेका छन् । उनले कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारी (सचिवहरु) ले संयुक्त राजीनामाको धम्की दिएको दाबी गर्दै धम्कीसँग नडराई उक्त व्यवस्था कायम राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोलेका पाण्डेले लामो छलफल र बहसपछि सदनमा लगिएको निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन भैरहेको लबिइङ र उच्च सरकारी कर्मचारी (सचिवहरु) को धम्कीबाट डराउन नहुने बताए । ‘लामो प्रयासपछि समितिबाट निजामती सेवा विधेयक यो हाउसमा आइसकेको छ । केही समय यता केही उच्च पदस्थ कर्मचारीहरुले प्रधानमन्त्रीलाई कुलिङ पिरियडलाई खारेज गराउनका लागि संयुक्त रुपमा राजीनामा दिन्छौं भन्ने धम्की दिएको सुनिएको ।’

‘कुलिङ पिरियड नहटाए २५ सचिवले राजीनामा दिन्छौं भन्दै प्रधानमन्त्रीलाई धम्क्याएको सुनिएको छ । सरकारले खुट्टा नकमाइ विधेयक ल्याओस् । धम्कीको दबाबमा आउनु हुँदैन । २५ सचिवले राजीनामा दिए २५ नयाँ सहसचिवले जिम्मेवारी पाउँछन्,’ सांसद् पाण्डेले भने ।

निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ। उक्त प्रावधान अनुसार अवकाश पाएका सरकारी कर्मचारीले दुई वर्षसम्म कुनै निकायमा नियुक्ती लिन पाउँने छैनन् । सोही प्रावधानलाई हटाउन प्रधानमन्त्रीलाई सचिवहरुले धम्की दिएको दाबी गर्दै सांसद पाण्डेले भने, ‘सरकार धम्कीसँग नडराओस् ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit