Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकैठाउँमा

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकैठाउँमा
विज्ञापन
Advertisement

काठमाडौं। इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ । विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्‍याउने प्रमुख लक्ष्यका साथ काठमाडौंको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसोरिजहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए । वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेगरी सञ्चालनमा ल्याइएको अटो पार्लरले ईभीका प्रिमियिम एसेसोरिजहरू उपलब्ध गराउनाका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने जानकारी उनले जानकारी दिए ।

केसीका अनुसार अटो पार्लरले तत्कालका लागि विभिन्न ब्राण्ड र मोडलअनुसारको एसेसोरिजहरू उपलब्ध गराएको छ । जस्तै बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा र ओरा गुड क्याटलगायत गाडीका सम्पूर्ण एसेसोरिजहरू प्रिमियम क्वालिटीमा उपलब्ध रहेको उनको भनाइ छ ।

‘अहिले नेपाली बजारमा धेरै चलेका चिनियाँ कारहरूको एसेसोरिज उपलब्ध गराएका छौँ । भविष्यमा जुन–जुन ब्राण्डले नेपाली बजारमा प्रभुत्व जमाउँदै जान्छ तिनै गाडीका एसेसोरिजहरूको उपलब्धता बढाउँदै जानेछौँ,’ प्रबन्ध निर्देशक केसीले भने ।

उनका अनुसार अटो पार्लरमा मिरर कभर, डोल ह्याण्डिल, कभर, ह्याण्डिल वाउल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एण्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युयुन ३६० क्यामेरालगायत एसेसोरिजहरू उपलब्ध छन् । यसका अलावा आईसीई गाडीका एसेसोरिजसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

अटो पार्लरमा ग्राहकलाई उपयुक्त एसेसोरीज छनोट गर्न प्राविधिक सहयोगसमेत उपलब्ध गराइने प्रबन्ध निर्देशक केसीले बताए । गाडी तथा मोटरसाइकलको पर्याप्त पार्किङ सुविधासहित सञ्चालनमा ल्याइएको अटो पार्लरका ग्राहकले पर्याप्त समय लिएर आफूलाई चाहिने सामान खरिद गर्नाका साथै सँगै बसेर फिटिङ गराउनसमेत सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit