Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विद्युतीय भ्यान बारे भ्रामक प्रचार: चुनौती झूठो सन्देशबाट होइन, कमजोर पूर्वाधार र चालक सचेतनाबाट

विद्युतीय भ्यान बारे भ्रामक प्रचार: चुनौती झूठो सन्देशबाट होइन, कमजोर पूर्वाधार र चालक सचेतनाबाट
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा विद्युतीय भ्यान (EV Van) को प्रयोग पछिल्ला वर्षहरूमा तीव्र गतिमा वृद्धि भइरहेको छ। वातावरणमैत्री, आर्थिक रूपले किफायती र स्वरोजगारको माध्यम बन्न थालेका यी भ्यानहरू देशभर लोकप्रिय बन्दै गएका छन्। तर, यसको साथसाथै सामाजिक सञ्जालमा फैलिरहेको एउटा खतरनाक प्रवृत्ति पनि देखिएको छ- इभी भ्यानहरू असुरक्षित छन् भन्ने भ्रामक प्रचार।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय विभिन्न फेसबुक पेज तथा युट्युब च्यानलहरूमा नियोजित रूपमा EV भ्यानका दुर्घटनाको तस्बिर पोस्ट गर्दै त्यसलाई विद्युतीय गाडीको कमजोरीका रूपमा चित्रण गर्ने प्रवृत्ति देखिएको छ। केही तस्बिरहरूमा गाडीको लोगो समेत लुकाइएको पाइन्छ, ताकि कुन कम्पनीको गाडी हो भन्ने नखुलेर सिधै ‘EV को दोष’ भनी प्रचार गर्न सकियोस्। दुःखद त के भने, कतिपय घटनामा त प्रयोग गरिएका तस्बिरहरू डीजल गाडीका भएको पुष्टि हुँदाहुँदै पनि EV को दोष भनेर भ्रम फैलाइएको छ।

वास्तविक समस्या: सडकको अवस्था र मानविय लापरवाही

वास्तविकता भनेको के हो भने – यी दुर्घटनाहरूको जड गाडीको प्रविधिमा नभएर नेपालका बिग्रँदै गएका राजमार्गहरू, असजिलो भौगोलिक अवस्था, र चालकहरूको लापरवाहीमा छ। साँघुरा बाटा, खाल्डाखुल्डीले भरिएका सडक, ओभरस्पिड, ओभरटेक गर्ने प्रवृत्ति, ट्राफिक नियमको बेवास्ता, र चालकमा सुरक्षा सम्बन्धी न्यून सचेतना प्रमुख कारण हुन्।

EV भ्यानहरूमा अधिकांश समय सुरक्षालाई विशेष प्राथमिकता दिइन्छ। उदाहरणस्वरूप, धेरैजसो EV मा  पुनःउर्जाजन ब्रेक (regenerative braking system)जडित हुन्छ, जसले नियन्त्रण र सुरक्षामा सहायता पुर्‍याउँछ। यस्तोमा गम्भीर दुर्घटना हुनुका पछाडि निर्माण दोष भन्दा पनि सडकको अवस्था र चालक व्यवहार जिम्मेवार हुने तथ्यहरू भेटिन्छन्।

समाधान टाइम कार्ड र ड्राइभर ट्रेनिङ अनिवार्य गरौं

नेपालका पहाडी जिल्लाहरूमा यात्रु बसहरूमा लागू गरिएको टाइम कार्ड प्रणाली प्रभावकारी देखिएको छ। तर, राजमार्गहरूमा भने यसको प्रयोग व्यापक छैन। समय र गति नियन्त्रण गर्न, चालकलाई विश्राम दिने र नियमित मर्मतको समय सुनिश्चित गर्न टाइम कार्डको विस्तार आवश्यक छ।

साथै, EV प्रयोगकर्ता चालकहरूलाई प्राविधिक प्रशिक्षण, सुरक्षा उपायहरूमा अनुशासन, र समय-समयमा नियमित गाडी जाँचको व्यवस्था पनि अनिवार्य बनाइनु पर्छ।

भ्रम होइन, प्रमाणमा आधारित बहस होस्

झूठो प्रचारले न त सवारी सुरक्षामा सहयोग पुर्‍याउँछ, न त वातावरण सुधारको अभियानलाई टेवा दिन्छ। विद्युतीय सवारीलाई दोषी देखाउने प्रयास EV कम्पनीहरू र त्यसमा भर परिरहेका साना व्यवसायी तथा प्रयोगकर्तामाथिको अन्याय हो। एक EV कम्पनीका प्रतिनिधिका अनुसार, “हामी नेपालमा चिनियाँ बजारका सुरक्षित र प्रमाणित ब्रान्डहरू भित्र्याइरहेका छौं, जसमा प्रयोगकर्ताको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको छ।”

अन्त्यमा – सचेत बनौं, भ्रामक प्रचारविरुद्ध उठौं

नेपालको वातावरण सुधार, वैकल्पिक उर्जा प्रयोग, र स्वरोजगार वृद्धिमा EV भ्यानको योगदान उल्लेखनीय छ। यस्तो सम्भावना बोकेको क्षेत्रमा निराधार र अतिरञ्जित प्रचारले आमजनमा त्रास फैलाउने काम मात्र गर्छ। यसैले, सत्य र तथ्यमा आधारित बहसलाई प्रोत्साहन गरौं, झूठो प्रचारको प्रतिकार गरौं, चालक सचेतना अभिवृद्धिमा जोड दिऔं, र पूर्वाधारको सुधारमा सरकारलाई दबाब दिऔं।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit