Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जको सुनौलो अवसर

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जको सुनौलो अवसर
विज्ञापन
Advertisement

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट २०८२’ आज लगनखेल बसपार्कमा भव्य समारोहका साथ सुरु भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन ललितपुर महानगरपालिका–१ का वडा अध्यक्ष नारायणलाल अवाले र एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले संयुक्त रूपमा गरे। असार १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक सहज रूपमा आकर्षक मूल्यांकन र विशेष अफरसहित एक्सचेन्ज गर्न सकिनेछ।

विज्ञापन
Advertisement
Advertisement

सात दिनसम्म चल्ने यो रोमाञ्चक कार्यक्रममा सहभागीले यामाहा ब्रान्डका बाइक वा स्कुटरहरू न्यूनतम ५० हजार रुपैयाँ मूल्यांकनमा एक्सचेन्ज गर्न सक्नेछन् भने अन्य ब्रान्डमा पनि न्यूनतम २५ हजार रुपैयाँसम्मको मूल्याङ्कन प्राप्त गर्न सकिनेछ, तर कर चुक्ता गरिएको हुनु अनिवार्य छ। साथै, एक्सचेन्जमा अतिरिक्त १० हजार रुपैयाँ बोनस, ६ हजार रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक्सेसरिज, चालु आर्थिक वर्ष ०८२/८३ को सडक कर भुक्तान सुविधा, तथा ७.९९ प्रतिशत ब्याजदरमा ग्यारेन्टरबिनाको फाइनान्स सेवा समेत उपलब्ध गराइएको छ।

यामाहा नेपालले विगतदेखि नै विभिन्न यात्रु वर्गलाई लक्षित गर्दै उच्च प्रदर्शन र उत्कृष्ट प्रविधियुक्त सवारी साधनहरू प्रस्तुत गर्दै आएको छ। माइलेजका हिसाबले नेपालमै अग्रणी मानिएको RayZR 125FI Hybrid देखि लिएर स्टाइलिश र स्पोर्टी लुक्ससहितको R15 V4, दमदार उपस्थिति चाहनेका लागि MT-15 V2 र FZ V3 सिरिज, पर्फर्मेन्स स्कुटरको रूपमा Aerox 155, तथा अफ-रोड प्रेमीहरूका लागि WR155R जस्ता मोडेलहरू यामाहाको लाइनअपमा छन्। यी सबै सवारी साधनहरूमा प्रयोग गरिएको अत्याधुनिक जापानी प्रविधिले सुरक्षित, शक्तिशाली र रोमाञ्चक राइडिङ अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

यामाहा ब्लू फेस्ट केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई सवारी संस्कृतिको उत्सव पनि हो, जहाँ इनोभेसन, रमाइलो र समुदायबीचको सम्बन्ध मिसिएको छ। बाइक अपग्रेड गर्ने सोच बनाइरहनुभएको छ वा केवल उत्सवको अनुभव लिन चाहनुहुन्छ भने, यो हप्ता लगनखेलमा आयोजना गरिएको यामाहा ब्लू फेस्ट तपाईंका लागि उपयुक्त गन्तव्य बन्न सक्छ।

एमएडब्लू राइड्सको नेतृत्वमा यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डहरूमध्ये एकका रूपमा स्थापित छ। अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्तिप्रति प्रतिबद्ध यामाहाले देशभरका राइडरहरूलाई सन्तुष्ट पार्ने सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit