Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र दृष्टि न्यूज डट कमका सम्पादक सुब्बा धरौटीमा रिहा

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र दृष्टि न्यूज डट कमका सम्पादक सुब्बा धरौटीमा रिहा
विज्ञापन
Advertisement

काठमाडौं । दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

समाचार प्रकाशन गरेका कारण अदालतको अवहेलना मुद्दामा आज थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई जनही रु २५ हजार धरौटीमा छोड्न आदेश दिइएको हो । दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवै जनाको बयान र थुनछेक बहसपछि छोड्न आदेश दिएको हो । खदृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका थिए ।

वादीको तर्फबाट विशेष अदालत बार एशोसिएशनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बञ्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit