Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

उपत्यकाबाट चोरी भएका ६५ मोटरसाइकल धनीलाई फिर्ता

उपत्यकाबाट चोरी भएका ६५ मोटरसाइकल धनीलाई फिर्ता
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीले फिर्ता पाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रममा खोजतलासपछि फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरीले विशेष खोज अभियान सञ्चालन गरी विभिन्न स्थानबाट सवारी साधन फेला पारेको हो । उनले सवारी साधनमा अतिरिक्त लकिङ सिस्टम प्रयोग गर्नसके चोरीका घटनामा कमी आउन सक्ने बताए ।

उनले भने,‘बैशाख महिनामा ६५ वटा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता गरेका छौं । कतिपय सवारी साधन खोजेर ल्यायौं । सवारी साधनमा थप सुरक्षा प्रणाली अपनाए चोरी न्यूनीकरण गर्न सकिन्छ ।’

ट्राफिक प्रहरीले सवारी साधन हराएमा तत्काल प्रहरीमा जानकारी दिन तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit