Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

एसईई परीक्षाको नतिजा सार्वजनिक,कसरी हेर्ने नतिजा ?

एसईई परीक्षाको नतिजा सार्वजनिक,कसरी हेर्ने नतिजा  ?
विज्ञापन
Advertisement

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बोर्डका अनुसार जीपीए ३.६ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ। अन्य विद्यार्थीहरू विभिन्न ग्रेड समूहमा परेका छन्।

बोर्डले यसपटकको नतिजा ग्रेडिङ प्रणालीअनुसार प्रकाशित गरेको हो। एसईईमा कुल कति विद्यार्थी सहभागी भएका थिए र विभिन्न ग्रेड समूहअनुसारको विस्तृत विवरण केही समयमै सार्वजनिक गरिने बोर्डले जनाएको छ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २।४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षा गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो।

 यसरी हेर्ने नतिजा!

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit