Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

एसईई नतिजामा सुधार भएकोमा प्रधानमन्त्री ओलीको प्रतिक्रिया : मेहनतको परिणाम देखियाे

एसईई नतिजामा सुधार भएकोमा प्रधानमन्त्री ओलीको प्रतिक्रिया : मेहनतको परिणाम देखियाे
विज्ञापन
Advertisement

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको पृष्ठभूमिमा नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई दिएका छन्। उनले एसईई नतिजामा देखिएको सुधारप्रति खुसी व्यक्त गर्दै मेहनतको परिणाम देखिएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

ओलीले सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै भनेका छन्, ‘एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरुलाई हार्दिक बधाई ! यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गतवर्ष ४७.८६% मात्र ग्रेडेड भएका थिए। यस वर्षको नतिजाले सुधारको संकेत दिएको छ।’

उनले ग्रेड नपाएका विद्यार्थीहरूलाई पनि निराश नहुन आग्रह गर्दै, ‘यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ,’ भन्ने सन्देश दिएका छन्।

यस वर्षको एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit