Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव
विज्ञापन
Advertisement

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा बोल्दै उनले एसईई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसईईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए । उनले एसईई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनि प्रश्न गरे ।

उनले भने, ‘बजेटमा पनि एसईई प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीभीटीमा भर्ना हुने पनि एसईई पछि हो । एसईई हटायो भने सीटीभीटीमा भर्ना के गर्ने ।

सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं । एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit