Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

ईरानी अधिकारीद्वारा इजरायली आक्रमणप्रति कडा आपत्ति

ईरानी अधिकारीद्वारा इजरायली आक्रमणप्रति कडा आपत्ति
Smoke billows from a site in the city of Haifa on June 16, 2025, following a fresh barrage of Iranian missiles. Israel's military warned on June 16 of a new missile salvo incoming from Iran, as AFP journalists reported loud explosions in Jerusalem and fires outside the coastal city of Haifa. "A short while ago, the IDF identified missiles launched from Iran toward the territory of the State of Israel," the army posted on Telegram, using the acronym for its official name. (Photo by Ahmad GHARABLI / AFP)
विज्ञापन
Advertisement

एजेन्सी । इजरायलद्वारा सोमबार गरिएका आक्रमणप्रति गम्भीर असन्तुष्टि जनाउँदै एक वरिष्ठ ईरानी अधिकारीले उक्त कार्यलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताए। । उक्त आक्रमणले क्षेत्रीय स्थायित्व र सुरक्षामा प्रतिकूल असर पर्ने भन्दै ईरानले कूटनीतिक रूपमा यसको विरोध जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

इजरायली आक्रमणको भोलिपल्ट मंगलबार ईरानी न्यायिक संस्थाले तेहरानस्थित एविन कारागारबाट केही कैदीहरू अन्यत्र सारिएको जानकारी दिएको छ ।

न्यायालयका अनुसार स्थानान्तरण प्रक्रिया कारागार प्रशासनको निर्णयअनुसार भएको हो । तर, कति जना कैदीहरू कुन स्थानमा लगिएको हो भन्ने विषयमा भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

एविन कारागार ईरानको सबैभन्दा चिनिएको र सुरक्षात्मक रूपमा संवेदनशील कारागारहरूमध्ये एक हो, जहाँ राजनीतिक बन्दीहरूदेखि लिएर विदेशी नागरिकहरू समेत राखिने गरिन्छ ।

यस कारागारमा नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकारकर्मी नर्गेस मोहम्मदी थुनामा रहेकी छिन् । उहाँसँगै केही फ्रान्सेली नागरिकहरू तथा अन्य राष्ट्रका थुप्रै विदेशी नागरिकहरू समेत यही कारागारमा थुनामा रहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले जनाएको छ ।

हालसालैका घटनाहरूले इरानभित्र कैदीहरूको सुरक्षाबारे चिन्ता बढाएको छ । कैदी स्थानान्तरणको समाचारले अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्न थालेको छ । यता, इजरायली आक्रमणपछि क्षेत्रीय तनाव झनै बढेको छ, जसले पश्चिम एसिया क्षेत्रमा अस्थिरता थप गहिरिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

ईरानी अधिकारीहरूले यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको भन्दै सम्बन्धित निकायहरूलाई आवश्यक कदम चाल्न आह्वान गरेका छन् । साथै, ईरानले शान्तिपूर्ण समाधान र कूटनीतिक संवादमार्फत क्षेत्रीय विवादहरू समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit