Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते
विज्ञापन
Advertisement

मुस्ताङ । काठमाडौ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । उनका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit