Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सामाजिक सञ्जाल र मिडियामा फैलिएका हल्ला निराधार ःहिमालय एयरलाइन्स

सामाजिक सञ्जाल र मिडियामा फैलिएका हल्ला निराधार ःहिमालय एयरलाइन्स
विज्ञापन
Advertisement

काठमाडौं । हिमालय एयरलाइन्स्‌ले हाल विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रसारित भएका समाचार तथा अफवाहलाई पूर्णतः असत्य र भ्रामक भन्दै खण्डन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

एयरलाइन्स्‌ले जारी गरेको विज्ञप्तिमा आजको दुबई उडान नियमित तालिकाअनुसारै सञ्चालन हुने स्पष्ट गर्दै, ‘‘हाल प्रचारमा आएका हल्ला र अफवाहहरूमा कुनै सत्यता छैन’’ भनी प्रष्ट पारिएको छ।

एयरलाइन्स्‌ले अपुष्ट समाचारमा विश्वास नगर्न र प्रचार–प्रसार नगर्न आम सर्वसाधारणसँग आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “राज्यलाई आवश्यक परे हिमालय एयरलाइन्स् राष्ट्रिय दायित्व पूरा गर्न कहिल्यै बिमुख हुँदैन। विगतमा पनि कोभिड–१९ महामारीका बेला उद्धार उडानमार्फत् आफ्नो दायित्व निर्वाह गरिसकेको छ।”

केही अनलाइन पोर्टलले प्रधानमन्त्री स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्स्‌को विमानमा दुबई प्रस्थान गर्ने तयारी भएको दाबी गर्दै समाचार प्रकाशित गरेपछि कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एयरलाइन्स्‌ले यस्ता भ्रामक र कपोकल्पित समाचारमा विश्वास नगर्न सबैलाई हार्दिक अनुरोध गर्दै यात्रु सेवामा सधैं जिम्मेवार र वफादार रहिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit