Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राजधानीमा ‘मास लुटपाट’को तेस्रो एपिसोड बन्यो – जेन–जी आन्दोलन

राजधानीमा ‘मास लुटपाट’को तेस्रो एपिसोड बन्यो – जेन–जी आन्दोलन
विज्ञापन
Advertisement

नयाँ बसपार्कको ल्होत्से मल लुटपाटपछि तिनकुनेहुँदै जेन –जी आन्दोलनसम्म फैलिएको ‘मास’ लुटपाटको तेस्रो एपिसोड नै अन्तिम हुन्छ वा अर्को एपिसोड बन्छ त्यो भने हेर्ने भने बाँकी नै छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं । २०७९ सालको फागुन १ गते । कुनै ठुलो योजना बिनै त्यो दिन नयाँ बसपार्कमा यातायात मजदुरहरुले सवारी साधन रोकेर गाडी सडकमा तेर्साए । ट्राफिक प्रहरीले लिने जरिवाना लगायत विभिन्न सेवा सुविधाको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उक्रिएका मजदुरहरु एकाएक प्रहरीसँग पौठाजोरी खेल्दै ल्होत्से मलतिर सोझिएका थिए ।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लगायतको नेतृत्वमा भएको आन्दोलनले उग्र रुप लिँदा उक्त घटना भएको थियो । अन्यबेला सामान्य आन्दोलन हुँदै आएको नेपालमा उदाहरणहरु प्रशस्त छन् । भूकम्पको बेला हजारौं र जनता घरबास छोेडेर सडकमा आउँदा पनि दाताले दिएको चाउचाउ र चिउरा मोलेर खाएका हाम्रो उदाहरण विभिन्न देशले खुलेर प्रसंशा र प्रचार गरे ।

जब त्यो दिन बसपार्कको आन्दोलनले उग्र रुप लियो प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, ल्होत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमै उक्रिए, पसलहरु जबरजस्त फोडेर दिउँसै हाक्काहाक्की लुटियो, मलमा भएका त्यतिका मान्छे त्यतिको चापहुने भिडमा त्यो आँट कसले कसरी दियो ? महँगा मूल्यका मोबाइल, चार्जरहरु छानि छानि हातभरी बोकेर हिँडेको सिसिटिभी फुटेजमा देखियो । त्यो नेपालको लागि सबैभन्दा कुरुप दिन र समय थियो ।

मंसिरको प्रतिनिधि सभाको चुनावपछि पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको करिब दुई महिना पुग्दै थियो। गृहमन्त्रीबाट सर्वोच्चले शून्यमा झारेका रवि लामिछानेपछि गृहमा विरामान बन्न पुगेका नारायण काजी श्रेष्ठ थिए । सत्ता फेरबलपछि बधाई र शुभकामना खान भ्याई नभ्याई भएको बेला थियो त्यतिबेला ।
त्यतिबेला लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले केहीलाई कानूनी कारवाहीमा ल्यायो पनि, व्यवसायीहरुले त्यो घटनाबाट ठुलो नोक्सानी व्यहोर्न बाध्य भए । सरकारको ध्यानाकर्षण गराए, त्यो बेलाको घटनाले क्षतविक्षत भएको ल्होत्से मल यतिबेला पूरानै शैलीमा फर्किएको छ । उस्तै चाप, भिड र ७७ वटै जिल्लाका मानिसहरुको आवतजावत केन्द्र बनेको छ ।

तर,त्यो दिउँसै ल्होल्से मल लुटपाटले निम्त्याएको त्यो घटना पुनः गत चैत तीनकुनेमा एकाधवर्षकै अन्रालमा उहि शैलीमा दोहोरियाे । राजवादीहरुले गरेको आन्दोलनमा दुई व्यक्तिको निधनसहित सयौं जना घाइते भए । तर, त्यहाँ पनि ठ्याक्कै बसपार्कको ल्होत्से मलकै शैलीमा लुटपाटको शृंखला भने जारी रह्यो । उही शैलीमा, कोटेश्वरको भाटभटेनी उसैगरी लुटपाट भयो त्यो पनि दिउँसै । व्यक्तिको घरमा आगजानी र तोडफोड लुटपाट उसैगरी भयो । ल्यापटप र मोबाइल बोकेर हिड्ने फलफूल र लुगा चोर्नेहरु त्यही शैलीमा अपनाए । भाटभटेनी लगायत धेरै घर पसलमा त्यो बेला पनि क्षति भयो । प्रहरीले त्यसमा पनि कडाईका साथ अनुसन्धान गर्न सकेन । केहीलाई सामान्य मुद्दा लगाएर छाडिए, केही छुटे र गम्भिर अपराधमै संलग्नमा जेल गए ।

तर, यो आन्दोलन भएपछि लुटपाट गर्नुपर्छ भन्ने श्रृंखलाको वृहत् रुप गत भदौं २४ गते अझ विस्तृत रुपमा देख्न पाइयो । २४ गते दिउँसो देखि लुटपाट र आगजानीको शृंखला रातको १० बजेसम्म कायमै रह्यो । कसैको डर थिएन, मन लाग्दी थियो । कसैका छोरी चेलीमाथि दादा धरिरहेका थिए, व्यक्तिको घरमा ढुंगा हान्न कसैलाई रोकतोक थिएन। मन लागेको र भेटेको गाडी मोटरसाइल जलाउन छुट थियो, त्यहाँ कोही बोल्ने वाला थिएन, केबल हेर्नेवाला थिए । बंग्गी खानाबाट चोरेर ल्याइएका मोटरसाइकलहरु निर्वाध सडकमा मनलाग्दी कुदाउन छुट थियो ।

हातमा खुकुरी, भाला, लौरो, पुलिसका ड्रेस, जुत्ता र बन्दुक साथमा थियो । हामीले आम मान्छेले कल्पना गरेको भन्दा फरक थियो त्यो दिन सडकमा। सबै कुरा छोडिदिने हो भने मान्छे कति राक्षस हुने रहेछन् भन्ने त्यो २४ गते राती १० बजेसम्म प्रष्ट देखिन्थ्यो । व्यक्तिको घर, व्यापारीको घर, पसल, गाडीका स्वरुम केही बाँकि रहेनन्, त्यहाँ केबल आगो लगाउने र तोडफोड गर्नेबीच मानौं प्रतिस्पर्धा चलेको छ । कसले कति छिटो कहाँ आगो लगाउने भन्ने प्रतिस्पर्धामा देखिथ्यो त्यो दिन । भाटभेटनीमा चोरी गर्ने, हेर्दा सन्जन, इमान्दार लाग्ने व्यक्तिहरु मेरै करले बनाएको भन्दै खुरु खुरु चोरेर मोटर साइकल बाईक, हातमा लिएर कुद्दै थिए ।

मुखका ‘केपी ओली मुर्दावाद’ भ्रष्ट सरकार मुर्दावाद’ भन्दै थिए, हातमा भाटभटेनीबाट चोरेको ब्याग बोकेर कुद्दै थिए । हातमा खुकुरी नचाउँदै थिए, यो सरकारले केही गरेन, शान्ती सुरक्षा दिएन भन्दै थिए । विरामी पर्दा हामीलाई यो सरकारले हेरेन भन्नेहरु विरामी बोकेकै एम्बुलेन्सलाई छेकेर ड्राइभरलाई तथामनाम् गाली गर्दै थिए ।

त्यो २४ गते जस्तो दिन अब कहिल्यै नआओस्, शान्तिपूर्ण आन्दोलनमा पनि लुटपाटको हुने शृखला यो अब एकादेशको कथा बनोस् । इतिहासले नयाँ बसपार्कको ल्होत्से मल लुटपाटको त्यो दिनलाई कहिल्यै विर्सन सक्दैन, त्यो लुटपाटको पहिलो शृंखला थियो भन्दा आजको दिनमा फरक नपार्ला । २०६२ सालको १९ दिने जनआन्दोलन किन नहोस् या २०७२ सालको मधेश आन्दोलन । जसमा कयौं मान्छे मरेका छन्, हजारौं गोली चलेका छन्, उतिकै घाइते भएका छन्, पानी फोहोरा, अश्रुरग्यास खाएका छन् । तर, अरुको सार्वजनिक सम्पतिमा किन्ति पनि खुलेआम् आँखा लगाएन्। कसैको मल, पसल र घर तोडफोड भएको सुनेको प्रायः देखिदैथ्यो । ‘मागेर खाने तर,चोरेर कमै खाने’ नेपालीको शैली नै हो भन्थे बुढापाका ।

तर, तिनकै पुस्ता आज भाटभटेनी र व्यक्तिको घर फोर्न कसरी सिक्यो? दिउँसै खुलमखुल्ला खुकुरी नचाउन यो राजधानीमा सम्भव पनि हुँदो रहेछ भन्ने पत्यक्ष देखियो । भदौं २४ गते राति १० बजेसम्म सार्वजनिक लुटपाटको नाङ्गो शृंखला लुटपाटको तेस्रो एपिसोडमा जेन–जी आन्दोलनसम्म त्यो पनि तीन वर्षको अन्तरालमा देख्न पाइयो । थाहा छैन यो लुटपाटको शृंखला कतियौं एपिसोडमा आइपुग्दा सार्वजनिक सम्पतिको खुलेआम् लुटपाटको अन्त्य हुन्छ ।

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

संचालक सम्पादक

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit