Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, विदेश जानेहरुले अत्यावश्यक लाइसेन्स चाहिएमा लिन पाउने

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, विदेश जानेहरुले अत्यावश्यक लाइसेन्स चाहिएमा लिन पाउने
विज्ञापन
Advertisement

काठमाडौं । मीनभवनस्थित यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको पाइएको छ । जेनजी आन्दोलनका क्रममा विभागमा भएको आगजनीबाट ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने कर्मचारीहरूले बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज यातायात व्यवस्था विभाग परिसरको सरसफाइ कार्यक्रममा सहभागी हुन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका कुलमान घिसिङलाई कार्यालयका कर्मचारीहरूले स्मार्ट लाइसेन्सका डेटा रिकभर गर्न मिल्ने अवस्थामा रहेको जानकारी दिएका हुन् । विभागमा आगजनीबाट इम्बोस्ड नम्बरका सबै डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकिएको १२ लाख थान स्मार्ट लाइसेन्समध्ये आधा लाइसेन्स जलेर नष्ट भएको थियो । विभागले छापिसकेर वितरणका लागि ठिक्क पारेको बाँकी ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको पाइएको हो।

त्यसक्रममा मन्त्री घिसिङले अत्यावश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिने जानकारी दिए । विदेश जानेहरूलाई अत्यावश्यक लाइसेन्स चाहिएमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा रहेको मेसिनबाट लाइसेन्स छाप्न समन्वय गरिने मन्त्री घिसिङको भनाइ छ ।

विभागले २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेकाले त्यसका लागि आवश्यक सामग्री खरिद गर्न तत्काल टेन्डर आह्वान गर्ने तयारी गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit