Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डिजिटल बैंकिङ विस्तारमा सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘गोल्ड अवार्ड’

डिजिटल बैंकिङ विस्तारमा सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘गोल्ड अवार्ड’
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ग्राहक संलग्नतालाई अधिकतम डिजिटल बनाउने विधामा गोल्ड मेडलबाट सम्मानित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यो अवार्ड विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन र ग्राहक अनुभव अभिवृद्धिमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कन गरी प्रदान गरिन्छ।  हालै प्राप्त यस सम्मानले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहक–केन्द्रित सेवा र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको बैंकले जनाएको छ।

बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्न मोबाइल बैंकिङ र क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड तथा डिजिटल खाता सञ्चालन गर्दै आएको छ।

सिद्धार्थ बैंकले आगामी दिनहरूमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहँदै अघि बढ्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit