Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

नाडा प्रतिनिधिसँग प्रधानमन्त्रीले भनिन्– बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाएर सरकारले साथ दिन्छ

नाडा प्रतिनिधिसँग प्रधानमन्त्रीले भनिन्– बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाएर सरकारले साथ दिन्छ
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमनन्त्री शुशीला कार्कीले अटो क्षेत्रका व्यवसायीलाई जेनजी आन्दोलनका क्रममा भएको क्षतिबट उठ्नका लागि बैकिङ्ग प्रणालीलाई व्यवसायमैत्री बनाएर सरकारले साथ दिने बताएकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

आज प्रधानमन्त्री कार्कीसँग नाडाका अध्यक्ष करण चौधरी नेतृत्व टोलीले भेट गरी देशको वर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा जानकारी गराएका थिए । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थितिमा भएको छलफलमा अध्यक्ष चौधरीले सरकारले नाडाले दिएका सुझावहरु मध्ये दुई तिनवटा सझावहरुलाई मात्र सम्बोधन गरेमा अटोमोवाइल व्यवसाय गतिशिल हुने धारणा राखे ।

उनले आम व्यवसायीहरुको शुरक्षासँगै अहिले देशमा शान्ति, अमन चयन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्याप तयार गर्नुपर्ने धारणा राखे । सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी गराए ।

उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै २२ बुँदे सुझावहरु सरकारलाई दिएका छन् । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैंकहरुबाट हायर पर्चेज लोन प्रवाहका लागि ‘लोन टु भ्याल्यु रेसियो’ ६० प्रतिशतबाट ८० प्रतिशत पु¥याउनु पर्नेमा जोड दिए । यस्तै उनले नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाकोतर्फबाट वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरुको कार्यान्वयनका लागि समेत अनुरोध गरेका छन् । सोहि छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले हालै गठन गरेको उद्योग प्रवद्र्धन परिषद्मा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत आग्रह समेत गरेका छन् ।

छलफलको अन्तमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भीर रहेको बताइन् । सो क्रममा उनले आफू कानून व्यवसायी भएकोले नेपालको उद्योग व्यवसायका समस्याहरुका सम्बन्धमा कम जानकार भएको उल्लेख गर्दै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको धारणा राखेको नाडाले जनाएको छ ।

उक्त छलफलमा प्रधनमन्त्री कार्कीले जस्तोसुकै विपद आईलागे पनि सबै अठोटका साथ अघि बढनु पर्नेमा जोड दिएकी छन् । कठिन समयमा क्षति व्यहोरेका व्यवसायीहरुले समेत सरकारलाई सहयोग गर्न देखाएको तत्परताप्रति कार्कीले गौरवको अनुभुति भईरहेको उल्लेख गर्दै निजी क्षेत्रमा पुगेको क्षतिमा राहत उपलब्ध गराउन नेपालको बैकिङ्ग प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासन दिइन ।

प्रधानमन्त्री कार्कीले व्यवसायीहरुसँग धेरै अनुभव रहने उल्लेख गर्दै निजी उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने, व्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरुलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गरिने बताइन । छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल समेतकोे उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit