काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि नेपालका लागि भेस्पा स्कुटरको अधिकारिक बिक्रेताले भेस्पाका नयाँ प्रिमियम स्कुटरहरू नेपाली बजारमा सार्वजनिक गरेको छ ।
BS-VI OBD-II Stage B इन्जिनसहितका प्रिमियम स्कुटरहरू नयाँ लाइनअप, नविनतम प्रविधि, उत्कृष्ट माइलेज र उत्कृष्ट परफर्मेन्सका सँगै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने अटोकर्पले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू उपलब्ध छन्। भेस्पा जेड एक्स १२५ कूल ३,४९,००० रुपैयाँमा पाइने छ । जसले क्लासिक डिजाइन र आधुनिक आकर्षणलाई संयोजन गरेको छ र पर्ल ह्वाइट, रेड ड्रागन, नेरो ब्ल्याक र अज्जुरो प्रोवेन्जा जस्ता रंगमा उपलब्ध छ ।
यस्तै, भेस्पा १२५ को मूल्य ३,९९,००० रुपैयाँ तोकिएको छ । जसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको कम्पनीको भनाइ छ । यो स्कुटर ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक, पर्ल ह्वाइ रंगमा उपलब्ध हुनेछ । त्यस्तै, भेस्पा एस १२५ को मूल्य ४,०९,००० रुपैयाँ तोकिएको छ । स्टाइलिश लुक दिने यो स्कुटर पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभ ग्रीन, जियालो येलो, ग्लोसी ओरेंज रंगमा पाइनेछ ।
डेल्टा अटोकर्प प्रा. लि. का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भनेः “भेस्पा केवल स्कुटर मात्र होइन, यो एक देशको ऐतिहासिक, सांस्कृतिक पहिचान र सदाबहार आकर्षणको प्रतीक हो। नयाँ मोडलहरूको यो सिरिजमार्फत्, हामी भेस्पाको शैली, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दैछौं। यसका साथै, नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्रान्डका रूपमा अझ मजबुत रूपमा स्थापित गर्ने हाम्रो उद्देश्यलाई अघि बढाएका छौं।”
इटालियन परम्परा र सांस्कृतिक सौन्दर्यको प्रतीक भेस्पा, विश्वभर आकर्षक डिजाइन, जीवन्त रङ र सशक्त प्रदर्शनका लागि परिचित छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्