images images images
images images images
images
images
images

राहतसँगै सुशासनमा केन्द्रित छौं, नेपालमा लगानी सुरक्षित छ भन्ने सन्देश दिनुपर्नेछ : अर्थ प्रवक्ता पाण्डेय

images

काठमाडौं । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले सरकार र निजी क्षेत्र सहयात्री भएको उल्लेख गर्दै आन्दोलनबाट पुगेको क्षतिको आर्थिक पुनरुत्थानका कार्यक्रममा प्राथमिकता दिएर मन्त्रालयले काम गरिराखेको बताएका छन् ।

मंगलबार आयोजित अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो नामक कार्यक्रममा मन्त्रालयका प्रवक्ता पाण्डेयले सरकार निजी क्षेत्रसँग मिलेर राहत र सहुलियत प्याकेज, सुरक्षा र सुशासनमा केन्द्रित रहेको बताएका हुन् ।

images
images

‘आर्थिक पुनरुत्थानका कार्यक्रम बढी प्राथमिकतामा छ। नेपालमा लगानी सुरक्षित छ भन्ने सन्देश दिनुपर्नेछ । जलेका गाडी हटाएर रंगरोगन गरेर सुरुवात गरेका छौं । सरकार सम्पत्तिको बीमा थिएन। क्षति कभर हुन सकेन । सचेत भएका छौं ’ पाण्डेले भने ।

सरकारले के गर्दैछ भन्ने विषयमा प्रवक्ता पाण्डेयले भने, ‘सहुलियतपूर्ण कर्जाको बक्यौताबापत ९ अर्बभन्दा बढी रकम शोध भर्नाका लागि निकासा भइसकेको छ । चीनतर्फ तातोपानी नाका हिजोबाट सञ्चालनमा आइसकेको छ । कोरला नाका खुलिसकेको छ । अर्थमन्त्रीस्तर कर दाखिला गर्ने म्याद थप गरेका छौं । मन्त्रिपरिषद्बाट पुनस्निर्माण कोष कार्यविधि पारित भइसकेको छ ।’

उनले सरकारी खर्चमा कटौतीका प्रस्ताव गरेको भन्दै कटौतीपछि १ खर्ब २१ अर्ब रकम कोषमा रहने जानकारी दिए । प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनः निर्माणलाई चाहिने आयातमा भन्सार छुट दिने निर्णय भएको उनले बताए । ‘मन्त्रालयको पहिलो प्राथमिकतामा सुशासन छ । हिजोबाट हटलाइन सेवा सुरु गरेका छौं । मन्त्रीज्यूले आफ्नै इमेल सार्वजनिक गरेर गुनासो लिने सुरुवात भएको छ । निर्माण व्यवसायीका भुक्तानी दिन महालेखानियन्त्रकको कार्यालयमार्फत् सहजिकरण गरिरहेका छौं,’ प्रवक्ता पाण्डेयले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्