Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

अर्थमन्त्री खनालसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै भेट, के भयो कुराकानी ?

अर्थमन्त्री खनालसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै भेट, के भयो कुराकानी ?
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदुत चेङ्ग सोङ्गले छुट्टाछुटै भेट गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार दिउँसो भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याए । अर्थमन्त्री खनालले भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।

उक्त भेटमा भारतीय राजदुतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको बताए । राजदूत श्रीवास्तवले भारतीय सहयोगमा संचालन भएका विकास आयोजना र कार्यक्रमहरुमा तीव्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको बताएका छन् । सो भेटका क्रममा नेपाल भारत बीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको खनालको सचिवालयले जनाएको छ ।

त्यसैगरी चीनका राजदूतसँग आजै भएको भेटमा पनि अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताए ।

सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने खनालले उल्लेख गर्दै गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे । साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुतलाई अनुरोध गरेका छन् ।

भेटमा राजदुत सोङ्गले चीनले नेपाली जनताको छनौटलाई सधैं सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए । साथै उनले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासँगको छुट्टै अन्तर्क्रिया गरिने जानकारी अर्थमन्त्रीलाई दिएको उनको सचिवालयले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit