Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सार्वजनिक संस्थानमा सरकारको लगानी झन्डै ८ खर्ब : १६ संस्थान अझै नोक्सानीमा, २ वटा बन्द

सार्वजनिक संस्थानमा सरकारको लगानी झन्डै ८ खर्ब : १६ संस्थान अझै नोक्सानीमा, २ वटा बन्द
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकारको अधिकांश तथा पूर्ण स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूमा राज्यको लगानी करिब ८ खर्ब रुपैयाँ पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक वर्ष २०८१\८२ को समीक्षा अवधिसम्ममा अस्तित्वमा रहेका कुल ४५ वटा सार्वजनिक संस्थानमध्ये बहुसंख्यक नाफामा देखिए पनि १६ वटा संस्थान भने अझै घाटामा चलिरहेका छन्।

बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२\८३ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको असारसम्म सञ्चालनमा रहेका ४५ संस्थानमध्ये २७ वटाले नाफा कमाउन सफल भएका छन् भने १६ वटा नोक्सानीमा रहेका छन्। बाँकी २ वटा संस्थान भने पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष नाफा कमाउने संस्थानको संख्या घटेको छ। अघिल्लो वर्ष २८ वटा संस्थान नाफामा र १५ वटा नोक्सानीमा रहेका थिए। बन्द रहने संस्थानको संख्या भने दुवै वर्ष २र२ वटा नै रहेको छ। यसले सरकारी लगानीका केही संस्थानहरूको वित्तीय स्वास्थ्य अझै चुनौतीपूर्ण रहेको देखाउँछ।

७ खर्ब ९८ अर्बभन्दा बढी लगानी
सार्वजनिक संस्थानहरूलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ठूलो मात्रामा रकम खन्याएको देखिन्छ। २०८२ असारसम्म सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब रुपैयाँ नाघेको छ। तथ्याङ्क अनुसार सरकारले सार्वजनिक संस्थानहरूमा शेयर (स्वपुँजी) को तुलनामा ऋणका रूपमा बढी लगानी गरेको देखिन्छ।

सरकारको कुल लगानी अन्र्तगत शेयर लगानी मात्र ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ रहेको सर्वेक्षणमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit