Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

लहान वितरण केन्द्रमा करिब ४५ करोड बक्यौता, उद्योगसँगै सरकारी कार्यालयले नै तिरेनन् विद्युत महसुल

लहान वितरण केन्द्रमा करिब ४५ करोड बक्यौता, उद्योगसँगै सरकारी कार्यालयले नै तिरेनन् विद्युत महसुल
विज्ञापन
Advertisement

सिरहा । नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रले करिब ४५ करोड रुपैयाँ बक्यौता उठाउन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्कअनुसार केन्द्रले उठाउन बाँकी बक्यौता ४४ करोड ९२ लाख ५७ हजार १८४ रुपैयाँ रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयले बक्यौता असुल गर्न विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म १७ लाख ३२ हजार ३१२ रुपैयाँ सङ्कलन भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बाँकी बक्यौता रकम तिर्नुपर्नेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू रहेका छन् ।

‘कृषि सिँचाइ मिटरअन्तर्गत लहान नगरपालिकाले मात्रै एक करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी छ’, प्रमुख गुप्ताले भने, ‘गत असार २५ गते पत्र काटिएको भए पनि हालसम्म नगरपालिकाले कुनै भुक्तानी गरेको छैन ।’

प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र विद्युत् महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको उनको भनाइ छ । ‘अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक हामीसँग अर्को विकल्प छैन’, गुप्ताले भने।

विद्युत् चुहावटको अवस्था झन् वृद्धि हुँदै गएको छ । आव २०८०/८१ मा चुहावट दर ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१/८२ मा बढेर ३८ दशमलव १० प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिए । उनका अनुसार चालु आवको साउन मसान्तसम्ममा यो दर बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ । यसैबीचमा प्राधिकरणले ७०३ जना ग्राहकलाई कारबाही गरी ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको कार्यालयले जनाएको छ ।

सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाम गरी तीन वटा वितरण केन्द्र रहेका छन् । लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit