Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

भारतमा सर्वाधिक बिक्री हुने Suzuki Access 125 नेपालमा देखियो – चाँडै सार्वजनिक हुने संकेत

भारतमा सर्वाधिक बिक्री हुने Suzuki Access 125 नेपालमा देखियो – चाँडै सार्वजनिक हुने संकेत
विज्ञापन
Advertisement

काठमाडौं । भारतमा लगातार १० वर्षदेखि नम्बर १ बिक्री हुने 125cc स्कुटर Suzuki Access 125 नेपालमा देखिएको खबर बाहिर आएको छ। स्रोतका अनुसार Access 125 को केही युनिट हालै नेपाल आइपुगेको र चाँडै बजारमा सार्वजनिक हुन सक्ने संकेत देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

Suzuki Access 125 आफ्नो विश्वसनीयता, स्मूथ इन्जिन र उत्कृष्ट माइलेज का कारण भारतमा निकै लोकप्रिय स्कुटर मानिन्छ। यसमा प्रयोग भएको 124cc इन्जिन ले राम्रो पावर र इन्धन दक्षता दुवै प्रदान गर्छ, जसले दैनिक प्रयोगका लागि यसलाई उपयुक्त बनाउँछ।

आरामदायी सिट, हल्का डिजाइन, सहज ह्यान्डलिङ र ठूलो अन्डर–सिट स्टोरेज जस्ता विशेषताले पनि Access 125 लाई ग्राहकहरूबीच लोकप्रिय बनाएको छ।

यसका साथै, Acer FASTER Awards 2026 मा Suzuki Access 125 ले “Scooter of the Year” अवार्ड समेत जितिसकेको छ।

नेपालमा यसको आधिकारिक घोषणा भने अझै भएको छैन। तर स्कुटर नेपालमा देखिनुका आधारमा निकट भविष्यमा यसको औपचारिक लन्च हुन सक्ने अनुमान गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit