Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सेवा निवृत्त कर्मचारीले मापद्दण्ड मिचेर लिँदै आएको सुविधा तत्काल रोक्न अर्थको गृह र रक्षा मन्त्रालयलाई पत्र

सेवा निवृत्त कर्मचारीले मापद्दण्ड मिचेर लिँदै आएको सुविधा तत्काल रोक्न अर्थको गृह र रक्षा मन्त्रालयलाई पत्र
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरुले लिँदै आएको सेवा सुविधा फिर्ता गराउन गृह र रक्षा मन्त्रालयलाई पत्र काटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अन्तरिम सरकार (मन्त्रिपरिषद्) ले यही असोज ०५ गते गरेको निर्णय बमोजिम सेवा निवृत्त पूर्व कर्मचारीहरुसँग मापद्दण्ड विपरितको जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी तथा अन्य सुविधा लिएको भए तत्काल रोक्न गृह र रक्षा मन्त्रालयलाई आज पत्र पठाएको हो ।

‘सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नुरगराउनु हुन र कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२।०६।१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरिएको व्यहोरा जानकारी गराईन्छ’ अर्थका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit