Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

मौद्रिक नीतिपछि लगातार दोस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २६०१ बिन्दुमा झर्‍यो

मौद्रिक नीतिपछि लगातार दोस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २६०१ बिन्दुमा झर्‍यो
विज्ञापन
Advertisement

काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकले घटेको शेयर बजारमा बिहीबार पनि दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २६०१.०२ बिन्दुमा कायम भएको हो।

विज्ञापन
Advertisement
Advertisement

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा बिहीबार ३६१ कम्पनीका ८७ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

दिनभर बजार राताम्मे रहँदा ४२ कम्पनीको शेयर मूल्य बढेको छ। २२९ कम्पनीको शेयर मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ। आज, सबै समूहगत सूचकहरू ओरालो लागेका छन्। बैंकिङ समूह ०.५० प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.७६ प्रतिशत, जलविद्युत् ०.७० प्रतिशत, लगानी ०.९५ प्रतिशत, जीवन बीमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१९ प्रतिशत, माइक्रोफाइनान्स ०.६९ प्रतिशत, निर्जीवन बीमा ०.६ प्रतिशत, अन्य ०.१८ प्रतिशत तथा व्यापार समूह २.३६ प्रतिशतले ओरालो लागेका हुन् ।

बिहीबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै १२.६८ प्रतिशतले बढेको छ भने स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशतले उकालो लागेको छ। त्यस्तै जनउत्थान लघुवित्तको शेयर मूल्य ३.०९ प्रतिशत तथा त्रिशुली जलविद्युत कम्पनीको २.७७ प्रतिशतले वृद्धि भएको छ। यता सालपा विकास बैंकको शेयर मूल्य ८.२८ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ७.९२ प्रतिशत तथा ओम मेगाश्री फर्मास्युटिकल्सको ५.७६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। बैंकको ३५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो। त्यस्तै १०.७५ प्रतिशत एसबीएल डिबेन्चरको २८ करोड रुपैयाँ र ८.५ प्रतिशत बुक डिबेन्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स संस्थापक, आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स तथा बेस्ट फाइनान्स पनि उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि बजार लगातार दोस्रो दिन घटेको हो। मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण गरिने व्यवस्था उल्लेख गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit