Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नागरिक एक्लो छैनन्, विपद्को सामना गर्न सरकार तयार छ : प्रधानमन्त्री कार्की

नागरिक एक्लो छैनन्, विपद्को सामना गर्न सरकार तयार छ : प्रधानमन्त्री कार्की
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै यतिबेला सरकारको सबैभन्दा ठूलो चिन्ता रहेको बताएकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

अविरल वर्षापछि देशभरको जनजीवनमा असर पर्दै गइरहेको बेला आज साँझ देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सरकार भएजति सबै स्रोत सााधनको परिचालन गरेर विपद् जोखिम न्यूनिकरमा लागेको बताइन् ।उनले भनिन्, ‘तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो।’

यस्तै उनले कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्दै सरकारले सबै सुरक्षा संयन्त्रको साथ लिएर काम गरिरहेको जानकारी दिइन् ।

‘हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ । सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन् । राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस्, जोखिमको पूर्वआकलन गरेर सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नुस्’ कार्कीले भनिन् ।

आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नु आग्रह गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रष्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit