Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

हेटौँडा–काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा, कान्ति लोकपथ अबरुद्ध

हेटौँडा–काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा, कान्ति लोकपथ अबरुद्ध
विज्ञापन
Advertisement

बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ ।

यस्तै हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit