काठमाडौं । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग सुचारु भएसँगै धादिङको बेनीघाटमा काठमाडौंबाट बाहिरिने र विभिन्न स्थानबाट काठमाडौं भित्रने सवारीसाधनको चाप देखिएको छ ।
गत शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण उक्त सडक खण्डका विभिन्न स्थानमा पहिरो झरेर बाटो अवरुद्ध भएको थियो । अवरुद्ध सडक कतै एकतर्फी त कतै दुवैतर्फी रुपमा आइतबार देखि नै सुचारु भएपनि रात्रीकालीन रुपमा बन्द गरिएको थियो ।
पहिरोको सम्भावित जोखिमलाई लिएर हिजो साँझपछि बन्द सडकमा आज बिहान ६ बजेदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

तस्बिरःटार्जन लिम्बु/ नेपाल न्यूज बैंक

















प्रतिक्रिया दिनुहोस्