Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

हिम आँधीले सगरमाथाको चार हजार नौ सय मिटर उचाइमा सयौँ पर्वतारोही फसे

हिम आँधीले सगरमाथाको चार हजार नौ सय मिटर उचाइमा सयौँ पर्वतारोही फसे
विज्ञापन
Advertisement

काठमाडौं । सगरमाथाको ढलानमा भारी हिमपातका कारण सयौँ पर्वतारोहीहरू फसेका छन् । उद्धारकर्ताहरूले उनीहरूलाई मद्दत गरिरहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चिनियाँ राष्ट्रिय बिदाको समयमा आरोहणमा गएका करिब ३५० जना पर्वतारोही टिङ्गरी क्षेत्रमा एक बैठक स्थलमा पुगेका थिए भने अन्य २०० सँग उद्धार टोली सम्पर्कमा रहेका छन् । सोमबार उद्धार प्रया जारी रहेको बताइएको छ ।

अघिल्लो रिपोर्टअनुसार पर्वतारोहीहरू चार हजार नौ सय मिटर (१६ हजार फिट) भन्दा माथि फसेका थिए । सगरमाथाको कुल उचाइ आठ हजार ८५० मिटर (२९ हजार फिट) छ । हिउँले बाटो अवरुद्ध हुनुअघि तल झर्ने प्रयास गरेका पर्वतारोहीहरूले बताए अनुसार टेन्टहरू हिउँले ढाकेका थिए र हिउँ करिब एक मिटर (३ फिट) गहिरो थियो ।

फसेका मानिसहरू तल आउन सकून् भन्ने उद्देश्यले सयौँ उद्धारकर्ताहरू आइतबार उचाईमा बाटो खाली गर्न अघि बढेका थिए । एक गाउँलेद्वारा खिचिएको भिडियोमा घोडा र गोरुका साथ लामबद्ध टोली हिउँमा घुमाउरो बाटोतिर सर्दै गरेको देखाइएको छ ।

चीनमा राष्ट्रिय बिदा सुरु हुँदा पश्चिमी क्षेत्रहरूमा हिम आँधी आएको थियो । किङ्घाई प्रान्तको उत्तरी भागमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगबाट मृत्यु भएको थियो भने १३७ जनालाई उद्धार गरिएको सिसिटिभीले सोमबार जनाएको छ ।

करिब चार हजार मिटर (१३ हजार एक सय फिट) उचाइ भएको मेनयुआन काउन्टीमा अप्रत्याशित मौसम र निरन्तर हिमपातका कारण खोजी कठिन भएको छ ।

चीनमा माउन्ट कोमोलङ्मा भनेर चिनिने सगरमाथा चीन र नेपालको सीमामा फैलिएको छ । त्यहाँ हालैको भारी वर्षाले ४० भन्दा बढीको ज्यान लिएको थियो । पर्वतारोहीहरू आधार शिविरबाट विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रयास गर्छन् ।

जनवरीमा सोही क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो । सगरमाथाको चिनियाँ पक्ष तिब्बतमा पर्ने हुँदा दुर्गम क्षेत्र मानिन्छ । त्यहाँ सरकारले सडक र पर्यटन विकासका लागि ठूलो रकम लगानी गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit