Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

चार जना गर्भवतीको हेलिकप्टरबाट उद्धार

चार जना गर्भवतीको हेलिकप्टरबाट उद्धार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ । सोमबार इलाममा दुई, पाँचथरमा एक र संखुवासभामा एक गरी तीन जिल्लाका चार जना गर्भवती महिलाको उद्धार भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला–३ हुङगुङबाट चार जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit