Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ ।
मंगलबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् ।

मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।

नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit