काठमाडौं। दराज नेपालले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानी छुट र मेगा गिभअवेसहित ‘७.७ महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार अभियान आगामी असार २२ गते बेलुकी ८ बजेदेखि सुरु हुनेछ। सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनमा ७५ प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ५० लाख रुपैयाँ बराबरका भौचर प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।
दराजले यसपटक विभिन्न अग्रणी ब्रान्डसँग सहकार्य गर्दै विशेष छुटको व्यवस्था गरेको उल्लेख गरेको छ। प्लाटिनम ब्रान्ड पार्टनर एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा र पिल्ग्रिमका उत्पादनमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, गोल्ड पार्टनर ब्राण्डहाउस, सुजुकी, कोसआरएक्स र एंकरका उत्पादनमा ६० प्रतिशतसम्म तथा सिल्भर पार्टनर एम्परस्यान्ड, मारिको, पि सेफ, फ्यानटेक र रोहोतोका चयनित उत्पादनमा ८० प्रतिशतसम्म छुट पाइनेछ।
कम्पनीले ब्रान्ड रश आवर अन्तर्गत असार २२ बेलुकी ८ बजेदेखि असार २३ बिहान २ बजेसम्म १०० भन्दा बढी ब्रान्डका उत्पादनमा ७५ प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दराजले ईसेवासँग सहकार्य गरेको छ। ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकले ब्रान्ड रश आवरमा १२ प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) तथा नियमित सेल अवधिमा १० प्रतिशतसम्म (अधिकतम १ हजार रुपैयाँ) छुट पाउनेछन्।
सेललाई थप आकर्षक बनाउन दराजले मेगा गिभअवे पनि आयोजना गरेको छ। लक्की ड्रमार्फत तीन जना ग्राहकले नथिंग फोन फोर ए, मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस पल्स टू स्मार्टफोन जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। त्यसैगरी, फ्यानटेक, अल्टिमा र बोस्सिनीलगायतका ब्रान्डका उत्पादन समावेश गरिएका दैनिक गिभअवे पनि सञ्चालन हुनेछ। दैनिक विजेताको घोषणा सेल अवधिभर हरेक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष प्रसारणमा गरिनेछ।
कम्पनीका अनुसार दराजमा उपलब्ध जुनसुकै भुक्तानी माध्यम प्रयोग गरी न्यूनतम ५ हजार रुपैयाँ बराबरको खरिद गर्ने ग्राहक स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनेछन् भने सेल अवधिभर कम्तीमा एक पटक सफल किनमेल गर्ने सबै ग्राहक दैनिक गिभअवेका लागि योग्य ठहरिने कम्पनीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्