काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलन पछिको पुनःनिर्माणका लागि स्थापित ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड हुँदा पुगेको ठूलो क्षतिपछि सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । उक्त कोषमा इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको उल्लेख गर्दै डेढ करोड रुपैयाँ सहयोग गरेको हो ।
क्षति पुगेका संरचनाहरुको पुनः र्निर्माणको लागि सरकारले चलाएको अभियानमा सहभागी हुँदै सूर्यज्योति लाइफका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले मंगलबार अर्थमन्त्रीसमक्ष चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले विगतमा पनि विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रका लागि निरन्तर सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक आर्थिक सहयोग प्रदान गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले कोषमा गरेको योगदानले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै उनले आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानमा सूर्यज्योति लाइफ सधैं अग्रसर रहने प्रतिबद्धता जनाएका छन् ।

















प्रतिक्रिया दिनुहोस्