Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, सरकारले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनको लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । साथै बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने र चार जना डीआईजीको बढुवा गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।

डीआईजीहरू सुशीलसिंह राठौर, हिमालयकुमार श्रेष्ठ, उमाप्रसाद चतुरवेदी र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit