Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न झापामा मन्त्री घिसिङ

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न झापामा मन्त्री घिसिङ
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार उनले झापाको कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गरे ।

यस्तै, मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले जानकारी दिए ।

मन्त्री घिसिङले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग छोटो अन्तरक्रिया समेत गरेका थिए । फाइल फोटो

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit