Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

बाल सुधार गृहको अनुगमन गर्दै मन्त्री बादीद्वारा सुधारका लागि निर्देशन

बाल सुधार गृहको अनुगमन गर्दै मन्त्री बादीद्वारा सुधारका लागि निर्देशन
विज्ञापन
Advertisement

नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको अनुगमन गर्दै कानुनी विवादमा परेका बालबालिकासँग प्रत्यक्ष संवाद गरेकी छन्।

विज्ञापन
Advertisement
Advertisement

अनुगमनका क्रममा मन्त्री बादीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले बालबालिका, कर्मचारी र सम्बन्धित पदाधिकारीसँग पनि अन्तरक्रिया गरिन्। मन्त्री बादीले गृहका पदाधिकारी तथा अन्य टोलीका सदस्यलाई बाहिर राखेर कानुनी विवादमा परेका बालबालिकासँग छुट्टै संवाद गर्दै उनीहरूको समस्या, सुझाव र आवश्यकताबारे प्रत्यक्ष रूपमा सुनेकी थिइन्।

संवादका क्रममा बालबालिकाले प्रदेशगत आधारमा व्यवस्थापन गर्नुपर्ने, सूचना प्रविधि र कम्प्युटर शिक्षासँग जोडिएको सीपमूलक तालिम उपलब्ध गराउनुपर्ने तथा नियमित मनोसामाजिक परामर्श सेवालाई प्रभावकारी बनाउनुपर्ने माग राखेका थिए। उनीहरूले पारिवारिक भेटघाटलाई सहज र व्यवस्थित बनाउन, पुनर्स्थापनामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा समयानुकूल कानुनी सुधार आवश्यक रहेको धारणा पनि मन्त्रीसमक्ष राखेका थिए।

अनुगमनपछि मन्त्री बादीले सुधार गृह सञ्चालनमा देखिएका आवश्यकता र चुनौतीको समीक्षा गर्दै पहुँच मार्ग स्तरोन्नति, सीप विकास तालिम सञ्चालन, औषधि उपचारका लागि बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा आवश्यक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit