Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

बेपत्ता कर्मचारीमाथि सरकारको एक्सन, नार्कबाट सुरु भयो कारबाही

बेपत्ता कर्मचारीमाथि सरकारको एक्सन, नार्कबाट सुरु भयो कारबाही
विज्ञापन
Advertisement

काठमाडाैं । सरकारी कार्यालयमा लामो समयदेखि अनुपस्थित रहने कर्मचारीमाथि सरकारले कारबाही सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् अर्थात् नार्कबाट अभियानको सुरुवात गर्दै दुई कर्मचारीलाई सेवाबाट हटाइएको जानकारी दिएकी छन्। सेवाबाट हटाइएकामा कृषि अनुसन्धान निर्देशनालय तरहराकी प्राविधिक अधिकृत पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटारकी वैज्ञानिक नमिता भट्टराई रहेका छन्।

मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीलाई घर ठेगानामा पत्राचार गरिएको थियो। राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन पनि भनिएको थियो। तर, तोकिएको समयभित्र सम्पर्कमा नआएपछि कर्मचारी प्रशासन विनियमावली–२०६२ अनुसार उनीहरूलाई अनुपस्थित भएकै मितिदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो।

मन्त्री चौधरीले यो अभियान नार्कबाट मात्रै नभई मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र र अन्य निकायमा पनि विस्तार गरिने बताएकी छन्। उनका अनुसार कार्यालयमा उपस्थित नभई दरबन्दी मात्र ओगट्ने कर्मचारीविरुद्ध अब थप कारबाही हुने संकेत गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit