Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सगरमाथा आरोहण र प्रेमकथामा ‘जेरी अन टप’

सगरमाथा आरोहण र प्रेमकथामा ‘जेरी अन टप’
विज्ञापन
Advertisement

काठमाडौं । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने, ‘हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पु¥याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ ।’

उनले उक्त चलचित्र यही असोज ३१ गतेदेखि नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानाडालगायत देशमा प्रदर्शन हुने जानकारी दिए । उक्त चलचित्रका अभिनेता भुवन केसीले नेपालीको सुन्दरता र नेपाली विषयवस्तुको राम्रो मिश्रण ‘जेरी अन टप’ मा रहेको बताए । ‘मैले चलचित्रमा लामो समय बिताएको छु, कलाकार, निर्माता र निर्देशकका रुपमा काम गरेको अनुभवले पनि यो चलचित्रलाई नेपालीभन्दा गौरव लाग्छ, सम्पूर्ण सदस्यको मेहनतले यो एउटा अन्तरराष्ट्रियस्तरको चलचित्र बनेको छ’, उनले भने।

उक्त चलचित्रमा अभिनेता केसीसँगै अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गरेका छन् । अभिनेत्री शर्माले चलचित्रमा आफूले ‘श्रेया’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी गराँदै आफ्नो राम्रो चलचित्र मध्येको एक रहेको बताइन् ।

‘मैले यो चलचित्रमा निकै मेहनत गरेकी छु र मेरो कलाकारिताकै एउटा राम्रो र स्तरीय चलचित्र बनेको भन्न सक्छु, हामी अभिनेत्रीलाई पर्दामा राम्री देखिउ भन्ने लाग्छ, यसमा एउटा अभिनेत्रीले सपना देख्ने सम्पूर्ण इच्छा पूरा भएको छ’, अभिनेत्री शर्माले भनिन् । अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका हुन्। यस चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायाङ्कन रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit