Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक

पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण तथ्याङ्क, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो ‘प्लेटफर्म’ले नीति निर्माता, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पु(याउने जनाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘पर्यटनको वर्तमान स्थिति र पुनरोत्थानका रणनीति’ विषयक एक कार्यक्रमबीच विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित आइतबार काठमाडौँमा आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा सो डिजिटल प्रकाशन सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसन्धान विभाग अधिकृत कविन्द्र भट्टका अनुसार, प्रकाशनमा आगन्तुक सङ्ख्या, मुख्य स्रोत बजार, क्षेत्रगत आगमन, विदेशी मुद्रा आय र प्रत्यक्ष विदेशी लगानीका तथ्याङ्क समेटिएका छन् । साथै, संयुक्त राष्ट्र पर्यटन सङ्गठन र विश्व यात्रा तथा पर्यटन परिषद्जस्ता अन्तरराष्ट्रिय निकायका तथ्याङ्क र प्रवृत्ति पनि समावेश गरिएको छ ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डको प्रकाशनले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ लैजान आवश्यक तथ्याङ्क र रणनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरे। प्यासिफिक एशिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरका महासचिवसमेत रहनुभएका बोर्ड सदस्य नरेन्द्र देव भट्टले सङ्कटको समयमा दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल थाल्नुपर्नेमा जोड दिए ।
साथै होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले होटल क्षेत्रको समस्या औँल्याउँदै सामूहिक प्रयासका आवश्यकता औंल्याए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit